काठमाण्डू–एमालेले चौथो वरियतामा रहेर पनि प्रधानन्यायाधीशमा सिफारिस हुन सक्नुको कारण माग गरेको छ ।
संसदीय सुनुवाई विशेष समिति बैठकमा एमाले सांसद पद्माकुमारी अर्यालले प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्मालाई आफूभन्दा सिनियरहरु कामुप्रधानन्यायाधीश सपना मल्ल प्रधान, कुमार रेग्मी र हरिप्रसाद फुयाँलभन्दा कसरी उत्कृष्ट हुनुभयो भन्ने प्रश्न गरिन् ।
अन्य तीन वरिष्ठ न्यायाधीशभन्दा आफू उत्कृष्ट हो भन्ने पुष्टि गर्न अर्यालले चुनौती दिइन् ।
अर्यालले चौथो नम्बरको न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस हुने कुराले भविष्यमा स्थापित विधि र परम्परालाई उल्लंघन गर्दै गलत उदाहरण प्रस्तुत गर्छ कि गर्दैन भन्ने प्रशन पनि गरिन् ।
निष्पक्ष भएर कार्यपालिकाको काममा अंकुश लगाउन प्रतिबद्धता जाहेर गर्न उनले माग गरिन् ।




प्रतिक्रिया