कृषि मन्त्रालयले भन्यो – १ लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

कृषि मन्त्रालयले भन्यो – १ लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कृषि, वन तथा पर्यावरण मन्त्रालयले हाल १ लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ ।

रासायनिक मलका बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा. रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको जानकारी दिए ।

पश्चिम एसियामा जारी द्वन्द्वका कारण ‘टेन्डर’ भइसकेको मल आउन ढिलाइ भएको बताउँदै उनले ‘स्ट्रेट अफ होर्मुज’मा रहेको अवरोध खुल्ने बित्तिकै टेन्डर गरिएको ४ लाख ९१ हजार मेट्रिक टन मल आउने विश्वास व्यक्त गरे । पश्चिम एसियामा जारी द्वन्द्वका कारण विगत वर्षका तुलनामा मलको भाउ बढेको मन्त्रालयले जनाएको छ ।

द्वन्द्वका कारण रासायनिक मल कहिले आउँछ भन्न नसकिने अवस्थामा प्राङ्गारिक मलको उपयोग गर्न पनि सहसचिव श्रेष्ठले आह्वान गरे । किसानलाई मल प्रयोग गर्दा रासायनिक मात्र नगरी माटोको स्वास्थ्य बचाउन पनि उनले अनुरोध गरे ।