काठमाण्डु – श्रम संस्कृति पार्टीका सांसदहरूले बुधबार पनि प्रतिनिधिसभामाविरोध जनाएका छन्।
प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित पार्टीका सबै सांसदहरू उठेर विरोध जनाएका हुन्।
पार्टीका सासदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले अध्यक्ष साम्पाङसहित संसदको मर्यादा पालना कायम राख्न सचेत गराएका छन्।
प्लेकार्डसहित साम्पाङसहितका सांसदहरू विरोधमा उत्रिएपछि सभामुख अर्यालले यस्तो चेतावनी दिएका हुन् ।
बुधबारको बैठक शुरु हुनेवित्तिकै उठेर पर्चासहित विरोध जनाएपछि सभामुखले राईलगायत उनका सांसदलाई चेतावनी दिएका हुन्।
सांसदले पनि नियमित रुपमा सभाको विपरित संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेको भन्दै प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० बमोजिमको आफ्नो व्यवहार सच्याउन सभामुखले चेतावनी दिएका छन्।




प्रतिक्रिया