३३ सयले घट्यो सुन

३३ सयले घट्यो सुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।

सुन प्रतितोला तीन हजार तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १२५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।