असार १ गतेदेखि ११ कक्षाको पठनपाठन गर्न निर्देशन

असार १ गतेदेखि ११ कक्षाको पठनपाठन गर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा तथा खेलकुद मन्त्रालयले ११ कक्षाको पठनपाठन आगामी असार १ गतेबाट गर्न/गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा ११ कक्षाको पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो ।

मन्त्रालयको निर्णयबारे शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी बुधबार जानकारी गराएको छ ।