बाँदर भगाउने प्रविधि संसारमा छैन, संसद्मा बोलेर आतङ्क हट्दैन : महावीर पुन

बाँदर भगाउने प्रविधि संसारमा छैन, संसद्मा बोलेर आतङ्क हट्दैन : महावीर पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्वतन्त्र सांसद महावीर पुनले बाँदर आतङ्क रोक्ने प्रविधि नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूले ७ वर्षअघि देखि नै यसमा काम गर्न खोजेको तर असफल भएको बताएका हुन् ।

विकास गर्न राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धानको प्रयास गरेको जानकारी दिँदै प्रविधि विकासका लागि लगानी गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘बरु रकेट बनाउन सजिलो छ, रकेट बनाउने प्रविधि छ, टेक्नोलोजी छ, तर बाँदरलाई भगाउने प्रविधि संसारभरि मैले खोजेकै हो, छँदै छैन,अनुसन्धानका लागि खर्च छुट्टयाउनुपर्छ, बाँदर आतङ्क न्यूनीकरण गर्न सरकारले समिति गठन गर्न लागेको सुनेको छु, त्यो टिममा मलाई पनि राख्न भनेको छु, संसद्मा बोलेर मात्रै त्यसखालको आतङ्क हट्ने छैन’, उनले भने ।