विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलको अवरोधपछि आजै १५ मिनेटपछि बस्नेगरी सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री एवं गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए। त्यसलगत्तै विपक्षी दलले प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने माग गरेर विरोध जनाएका हुन्।

विपक्षी दलहरूले नीति तथा कार्यक्रमदेखि निरन्तर संसद्मा प्रधानमन्त्रीको खोजी भइराखेको स्मरण गरे । आफूहरूले प्रधानमन्त्री खोज्दा उपस्थित नभइरहेका बेला सभामुखबाट समेत प्रत्येक महिना संसद्मा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको भनेर प्रश्न उठाए ।

नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राप्रपाका सांसदले विरोध जनाएका हुन्। उनीहरूले विरोध यथावत राखेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन्।