१२ अंकले घट्यो सेयर बजार, पौने ४ अर्बको कारोबार

१२ अंकले घट्यो सेयर बजार, पौने ४ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन नेप्से १२ अंकले घटेर परिसुचक २७४२ मा पुगेको छ ।

आज ३ अर्ब ८९ करोडको कारोबार भयो । कारोबारमा आएका ७२ कम्पनीको मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ । यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यसदिन प्रभु बैंक डिबेञ्चर–२०८७ र बुङ्गल हाइड्रो लिमिटेड सर्वाधिक ६ प्रतिशतले बढ्यो भने उपर लोहोरे खोला हाइड्रो १४ प्रतिशतले घट्यो ।

कारोबार रकमका आधारमा यसदिन आँखुखोला हाइड्रो, रिढी पावर हाइड्रो र बुङ्गल हाइड्रो अगाडि रहे ।

आज म्यूचल फण्ड बाहेक सबै सुचक ओरालो लागे । बैंकिङ ०.५७, विकास बैंक ०.३१, फाइनान्स ०.२१, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.६८, लगानी ०.३३, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.४२ तथा अन्य ०.३१ प्रतिशत घटे । व्यापार समूह स्थिर रह्यो ।