एमालेले मीनबहादुरले दिएको जग्गा फिर्ता गर्ने

एमालेले मीनबहादुरले दिएको जग्गा फिर्ता गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने भएकाे छ। जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको हो ।

एमालेको सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर गुरूङलाई कलंकीमा १० रोपनी १४ आना जग्गा दिएको र घर बनाउने भनेर शिलान्यास समेत गरेको प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेस गरेका थिए।

एमालेले सर्वोच्च अदालतको फैसलापछि बल्खुस्थित आफ्नै जग्गामा भवन बनाउने तयारी थालेको छ । बल्खुमा नयाँ कार्यालय भवन नबनुञ्जेल भाडामा घर खोज्ने पनि सचिवालय बैठकमा प्रस्तावित छ।

२०८१ असोजमा व्यवसायी मीनबहादुर गुरूङले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिँदै घर बनाइदिने बताएका थिए।