पूर्वप्रधानमन्त्री सुशीला कार्कीले लेखिन् साहित्यिक कृति ‘मिट्टी एन्ड द वाइल्ड क्याट’

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले लेखिन् साहित्यिक कृति ‘मिट्टी एन्ड द वाइल्ड क्याट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नयाँ साहित्यिक कृति मिट्टी एन्ड द वाइल्ड क्याट प्रकाशन हुने भएको छ।

कार्कीले जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गरिरहेको समयमा यो किताब लेखेको उनको सचिवालयले जनाएको छ। जेनजी आन्दोलनले तत्कालीन सरकारलाई विस्थापित गरेपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहँदा बालमनोविज्ञानलाई केन्द्रमा राखेर कृति तयार पारेको बताए ।

उनले आफ्ना नातिलाई समर्पित गरेको यो किताबमा प्रेम, आशा र सकारात्मकताको सन्देश रहेको छ।

लेखक कार्कीका दुई कृति न्याय र कारा उपन्यास नेपाली भाषाका सर्वाधिक बिक्री भएका पुस्तकहरूमा पर्छन्। यसबाहेक उनी लैंगिक समानता र महिलावाद की लेखक पनि हुन्।

पुस्तक अन्योल र अनिश्चितताको युगमा हुर्किरहेका विश्वभरका बालबालिकाका लागि बहुमूल्य उपहारका रूपमा आएको लेखक कार्कीले बताएकी छन्।