उच्चस्तरीय अमेरिकी अधिकारी नेपाल आउँदै, चिनियाँ टोली काठमाण्डुमा

उच्चस्तरीय अमेरिकी अधिकारी नेपाल आउँदै, चिनियाँ टोली काठमाण्डुमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाबाट उच्च अधिकारीहरूको टोली फेरि नेपाल आउन लागेको छ ।

अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि शनिबार नेपाल आउन लागेकी हुन् ।

वालेन शाह नेतृत्वमा सरकार गठनपछि नेपाल आउन लागकी रोजर्स अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनेछिन् । सरकार गठनयता अमेरिकाबाट लगातार उच्चस्तरीय अधिकारीहरूको भ्रमण भएको छ ।

यसअघि बैशाख ७ गते दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल आएका थिए । तीनदिने भ्रमणका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए ।

यस्तै कपुरको भ्रमण सकिएको एक सातापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया विशेषदूत सर्जियो गोर पनि नेपाल आएका थिए । उनले परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री वाग्लेसँग भेटवार्ता गरेका थिए ।

दुवै अमेरिकी अधिकारीसँग प्रधानमन्त्री शाहले भेट गरेका थिएनन् । प्रधानमन्त्री शाहसँग उपविदेशमन्त्री रोजर्सको भेट हुने वा नहुने निश्चित भइसकेको छैन तर उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भने भेट गर्ने जनाइएको छ ।

यसैबीच चीनको सिचाङ स्वायत्त क्षेत्रीय सरकारका उपाध्यक्षको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल काठमाण्डु आएको छ । उपाध्यक्ष चाओ पेङको नेतृत्वको टोली सोमबार नेपाल आएको हो ।