काठमाण्डुमा ६ करोडको भेप बरामद

काठमाण्डुमा ६ करोडको भेप बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको न्युरोड क्षेत्रबाट ठुलो परिमाणमा भेप (इलेक्ट्रिक चुरोट) बरामद भएको छ ।

खिचापोखरीको आरबी कम्प्लेक्समा सञ्चालित ‘स्माइल योर च्वाइस’ पसल र दुई गोदामबाट प्रहररीले छापा मारेर २८ हजार ५ सय थान भेप बरामद गरेको हो ।

सोमबार साँझ न्युरोडमा रहेको एक गोदाममा छापा मारेर भेप बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।

प्रहरीले बरामद गरेको भेप टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको छ । अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भएका ३२ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बरामद भेपको बजार मूल्य करिब ६ करोड हुने आकलन गरिएको छ ।