एक पालिका, एक कृषि उत्पादन :मुख्यमन्त्री हिक्मतकुमार

एक पालिका, एक कृषि उत्पादन :मुख्यमन्त्री हिक्मतकुमार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्षको बजेट मुख्यरूपमा उत्पादन, रोजगारी र पर्यटनमा केन्द्रित हुने बताएको छ ।

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०८३र८४ को बजेट तर्जुमासम्बन्धी छलफल सम्पन्न भएको छ । छलफलमा उनले बजेटले स्थानीय उत्पादनको प्रवर्द्धन, गरिबी निवारण र पर्यटन विकासलाई विशेष जोड दिने बताए ।


कार्कीले प्रदेशका १३७ वटा पालिकासँगको साझेदारीमा ‘एक पालिका, एक कृषि उत्पादन’ विकास गरी रोजगारी सिर्जना गर्ने तथा रैथाने उद्योगलाई प्रोत्साहन गर्ने नीति अघि सारिने बताए। साथै सरकारले आगामी आर्थिक वर्षमा ‘भिजिट कोशी’ घोषणा गरी विदेशमा रहेका नेपालीलाई निम्ता गरी यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने बताए ।

उनले प्रदेशका २९ पालिका जोडेर चार पदमार्ग निर्माण सम्पन्न भएपछि यस क्षेत्रको स्थानीय उत्पादन वृद्धि हुनाका साथै गरिबी निवारण र रोजगारीमा सहयोग पुग्ने धारणा राखे ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनवारले प्रदेश सदस्यहरूलाई एउटा जिल्ला, एउटा साझा योजना ल्याउन अनुरोध गर्दै खानेपानी तथा पहाड तथा हिमाली क्षेत्रबाट बसाइँसराइ न्यूनीकरण गर्ने योजना ल्याउनुपर्नेमा जोड दिए।

मन्त्रालयका सहसचिव सुशील बाँस्तोलाले प्रदेश सदस्यहरूले पर्यटन, कृषिको आधुनिकीकरण, पहाडी तथा हिमाली क्षेत्रका बासिन्दाको बसाइँसराइ न्यूनीकरण गर्न विशेष कार्यक्रम ल्याउन सझाव दिएको छ ।