स्वास्थ्य क्षेत्रमा जनशक्ति थपिँदै, मन्त्रालयमा ९७७ नयाँ पद स्वीकृत

स्वास्थ्य क्षेत्रमा जनशक्ति थपिँदै, मन्त्रालयमा ९७७ नयाँ पद स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा ९७७ नयाँ दरबन्दी थपिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संघीय पुलअन्तर्गत दरबन्दी स्वीकृत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मौजुदा ८३१ दरबन्दीमा ९७७ नयाँ दरबन्दी थप गरी कुल एक हजार ८०८ दरबन्दी कायम भएको छ। जसमध्ये विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको मन्त्रालयले जनाएको छ।

स्वीकृत नयाँ दरबन्दीहरूमा अब छिट्टै लोकसेवा आयोगबाट चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु हुने बताइएको छ।