काठमाण्डु- भारत सरकारको सहयोगमा मनाङ नासोँ गाउँपालिका ५ थोँचेमा पाँच शय्याको अस्पताल भवन निर्माण हुने भएको छ ।
बिहीबार थोँचेमा आयोजित एक कार्यक्रममा भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरेको हो ।
अस्पताल भवन निर्माणका निम्ति छ करोड ६७ लाख ९६ हजार ९३३ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए। भवन निर्माणमा कूल लागतको पाँच प्रतिशत रकम पालिकाले बेहोर्ने छ ।
भवनमा बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, एक्सरे विभागहरु बनाइने छ ।




प्रतिक्रिया