बजेट आउने बेला ट्राफिक जरिवानाको अनलाइन प्रणाली अवरुद्ध हुने

बजेट आउने बेला ट्राफिक जरिवानाको अनलाइन प्रणाली अवरुद्ध हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी आर्थिक वर्ष २०८३/८४ को आय–व्ययको अनुमानित विवरण संसद्मा प्रस्तुत हुने बेला शुक्रबार अपराह्नपछि ट्राफिक जरिवानाको अनलाइन प्रणाली अवरुद्ध हुने भएको छ ।

महालेखा नियन्त्रक कार्यालयद्वारा सञ्चालित राजस्व व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक मर्मत सम्भार गर्नुपर्ने भएकाले अनलाइनमार्फत ट्राफिक जरिवाना तिर्ने सेवा शुक्रबार अवरुद्ध हुने भएको छ ।

नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार २०८३ जेठ १५ गते शुक्रबार दिनको ३:३० बजेदेखि सेवा अवरुद्ध हुनेछ । अनलाइन प्रणालीको मर्मत सम्भारका लागि न्यूनतम ४ घण्टादेखि अधिकतम १४ घण्टासम्म समय लाग्न सक्ने सूचनामा जनाइएको छ ।

मर्मत अवधिभर ‘अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणाली’ प्रयोगमा अवरोध हुने भएकाले सेवाग्राहीलाई पर्न सक्ने असुविधाका लागि नेपाल प्रहरीले अग्रिम क्षमा व्यक्त गरेको छ ।

प्रहरीले थप जानकारी वा सहयोगका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ वा प्रहरी सम्बन्धी गुनासोका लागि १११३ मा सम्पर्क गर्न सकिने जनाएको छ ।