ठेकेदारले पेश्की रकम सम्बन्धित आयोजनामा मात्रै खर्च गर्न पाउने गरी नियमन

ठेकेदारले पेश्की रकम सम्बन्धित आयोजनामा मात्रै खर्च गर्न पाउने गरी नियमन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्माण व्यवसायी (ठेकेदार) ले पेश्की रकम सम्बन्धित आयोजनामा मात्रै खर्च गर्न पाउने गरी नियमन गरिने जनाएका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३र०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले पुँजीगत खर्चको सुधारको आक्रामक शृंखला सुरु गर्ने बताए ।

समयमै कार्यसम्पन्न गर्न आयोजना प्रमुखको दीर्घकालीन सुनिश्चितता गर्ने समेत उनले बताए ।