काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्यालय शिक्षामा अभिभावकीय सहयोग स्वीकार्ने नीति लिएको जनाएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार्ने जनाए ।
उनले राष्ट्रिय विद्यालय नक्सांकन, शिक्षक क्षमता वृद्धि, सीप केन्द्रित शिक्षामा लगानी बढाउने जानकारी दिए । नेपालको संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निस्शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा नि: शुल्क हुने व्यवस्था रहेको छ ।
अभिभावकीय सहयोग स्वीकार्ने नाममा अभिभावकले विद्यालय शिक्षामा शुल्क तिर्नुपर्ने हालको अभ्यासलाई निरन्तरता दिइएको छ ।




प्रतिक्रिया