सार्वजनिक संस्थानमा निजी क्षेत्रको लगानीका लागि ढोका खोल्ने सरकारको घोषणा

सार्वजनिक संस्थानमा निजी क्षेत्रको लगानीका लागि ढोका खोल्ने सरकारको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु– सरकारले सार्वजनिक संस्थानमा निजी क्षेत्रको लगानी सुनिश्चित गर्ने भएको छ ।

संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को अनुमानित आय तथा व्यवयको विवरण प्रस्तुत गर्दै अथर्मन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरे ।

अर्थमन्त्री वाग्लेले विभिन्न ७ वटा सरकारी संस्थानकोे व्यवस्थापन तथा लगानी संरचनामा निजी क्षेत्रलाई सहभागी गराइने बताए ।
सार्वजनिक–निजी साझेदारी मोडेलका आधारमा त्यसो गर्न लागिएको उनले बताए ।

यसो गर्नुको उद्देश्य सार्वजनिक संस्थानको दक्षता बढाउने, लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने र औद्योगिक उत्पादन विस्तार गर्ने रहेको दाबी अर्थमन्त्रीको छ ।

यस्तै सरकारले कम्तीमा ३ महिनाको इन्धन भन्डारण, एआई फ्याक्ट्री लगायतका रणनीतिक आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने पनि बताएको छ ।