नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीले विदेशी धितोपत्र बजारमा सूचीकृत हुन पाउने

नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीले विदेशी धितोपत्र बजारमा सूचीकृत हुन पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले नेपाली पुँजीबजारमा हुने ‘कर्नरिङ र इन्साडर ट्रेडिङजस्ता पुँजीबजारमा हुने अबाञ्छित गतिविधिविरुद्ध सून्य सहनशीलताको नीति लिने घोषणा गरेको छ ।

संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय तथा व्यवयको विवरण प्रस्तुत गर्दै अथर्मन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरे ।

पुँजीबजारलाई मर्यादित र लगानीमैैत्रीै बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानी संरक्षण संयन्त्र सुदृढ गर्ने उनले बताए ।


नेपाल स्टक एक्स्चेन्जको पुनःसंरचना अघि बढाई ‘इन्ट्रा डे र सर्ट सेलिङ’ र डेलिभरीको चरणबद्ध सुरुआत गरिने उनले बताए ।

नेपालको धितोेपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएका प्रक्रिया पुरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ‘ग्लोबल डिपोजिटरी रिसिभ्ड’ जारी गर्न सक्ने व्यवस्था मिलाइने उनले बताए ।