हर्क साम्पाङलाई मन परेन बजेट, अर्थमन्त्री वाग्लेले बजेट भाषण गरिरहँदा संसदबाट बाहिरिए

हर्क साम्पाङलाई मन परेन बजेट, अर्थमन्त्री वाग्लेले बजेट भाषण गरिरहँदा संसदबाट बाहिरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–संघीय संसदको दुवैै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसदे् बैठकबाट बाहिरिएका छन् ।


बजेटप्रति असन्तुष्टि जनाउँदै उनी बीचैमा बाहिरिएका हुन् । संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अर्को महत्वपूर्णै कार्यक्रममा जानुपर्ने भएकाले निस्किएको बताए ।

आफ्नो पार्टीका अन्य सांसद भने बैठकमै रहेको उनको भनाइ थियो । यसअघि पनि सभामुखले प्रतिपक्षलाई पेलेको आरोप लगाउँदै उनले बैठक छाड्ने गरेका थिए ।