काठमाण्डु– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक भेटघाट सुरू गरेका छन् ।
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा दिल्ली गएका उनको भाजपा पार्टी कार्यालयमा भव्य स्वागत गरिएको छ ।
रवि सवार डीएल वान–एनए ४०८६ नम्बरको मर्सिडिज बेञ्च मुख्यालय प्रवेश गर्न लाग्दा भाजपाका विदेश विभागड प्रमुख तथा नेपाल मामिला संयोजक नीतिन नवीनसहितका नेता, कार्यकर्ताले स्वागत गरेका थिए।
रविलाई भाजपा नेता कार्यकर्ताहरूले परम्परागत झाँकी र फूलमालासहित स्वागत गरेका थिए ।
उनले भाजपाका अध्यक्ष नीतिन नविनसँग भेटेका छन् ।रविले भाजपा मुख्यालयको अवलोकन समेत गरेका छन् ।





प्रतिक्रिया