बाबुराम भट्टराईको टिप्पणी-काठमाण्डु र दिल्लीमा सुनिएका गड्यांगगुडुंगका आवाज प्रिय छैनन्

बाबुराम भट्टराईको टिप्पणी-काठमाण्डु र दिल्लीमा सुनिएका गड्यांगगुडुंगका आवाज प्रिय छैनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यतिवेला काठमाण्ड र दिल्ली दुवैतिर सुनिएका गड्याङगुडुङका आवाज त्यति प्रिय नरहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै भट्टराईले लेखेका छन्, ‘रास्वपा सभापति रवि लामिछानेको हिन्दुस्तान टाइम्समा प्रकाशित लेखले नेपाल र भारतमा राम्रै तरङ्ग ल्याएको छ। त्यसमा हाम्रो पनि सहमति नै छ। खासगरी नेपाल–भारत सम्बन्धको मामिलामा विकास साझेदारी र सभ्यता–संस्कृति (रोटी–बेटी)का कुरा गरून्जेल दुबैतिर बाइबाई नै हुन्छ। मेरो पालामा आफ्नै तत्कालीन पार्टीभित्रका एकथरीको विरोधका बाबजुद मैले बिप्पा सम्झौता गर्दा अब विकासको ओइरो लाग्ने भो भनेर दुवैतर्फ खुसी छाएकै हो।तर कथाको त्यो बाहिर देखिने पाटो मात्रै हो।’

‘अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुबै पक्षले मनमनै गुनगुनाइरहने र सधैँ दुःख दिइरहने गम्भीर पाटो पनि छ। त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बौल्दैनौँ तर खाष्टोमुनि मुड्की बजारीरहन्छौ !त्यो हो सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको कुरो ! त्यसको पनि गाँठी कुरा हो–भारतीयहरूको दिलदिमागमा अङ्ग्रेजको पालादेखि जमेर बसेको सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरोु भन्ने सोच ! सीमा विवाद त्यसैको अभिव्यक्ति हो। अनि अर्कोतिर हामी नेपालीहरूमा गहिरोसँग गढेर बसेको राष्ट्रिय सार्वभौमसत्ताको विषयमा सधैँ झस्काइरहने ‘सिक्किमीकरणुको खतराको त्रास ! यही जरो कारणले नेपाल-भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको सिसिफसको कथा दोहोर्‍याउन अभिशप्त भइरहेछ !’, उनले लेखेका छन् ।

यही गाँठो फुकाउन आफूले नजिकबाट भारत र नेपालका जिम्मेवार मानिसहरू र आम जनसमुदाय समेतको मनोविज्ञान बुझेको आधारमा प्रबुद्ध व्यक्तिहरूको समूह (इपीजी)को अवधारणा अघि सारेको उनले बताएका छन् ।

इपीजीको प्रतिवेदन अहिलेसम्म मृत्युशैय्यामा छट्पटाइरहेको पनि उनको टिप्पणी छ । रवि लामिछानेको वर्तमान दिल्ली भ्रमण यो दुष्चक्र तोड्न सफल रहोस् भन्ने कामना पनि उनले गरेका छन् ।