बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काँक्रेविहार सुर्खेत – संघ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफैले निर्माण गर्ने भएको छ ।

कर्णालीको पानी जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिए ।

डोल्पामा निर्माणाधीन जगदुल्ला ए लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ ।

कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् विस्तार गरिने उल्लेख छ ।