एभरेष्ट कलरको आईपीओ खुला, १० हजार कित्तासम्म आवेदन दिन सकिने

एभरेष्ट कलरको आईपीओ खुला, १० हजार कित्तासम्म आवेदन दिन सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आजबाट सर्वसाधारणका लागि एभरेष्ट कलर लिमिटेडको आईपीओ निष्कासन भएको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति प्राप्त गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँड गरिसकेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन अवधि जेठ २७ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ।