दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड संकलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली- धनगढी उपमहानगरपालिका १५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षको प्रथम १० महिनामा छ करोड राजस्व संकलन गरेको छ ।

सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, कैलाली र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दूध संकलन गर्दै आएको आयोजनाले संकलित दूधलाई प्रशोधन गरी पनिर, आइसक्रिमलगायत उत्पादन स्थानीय बजारमा बेचेर उक्त रकम आर्जन गरेको आयोजनाका प्रमुख निराजन भट्टराईले दिए ।

आयोजनाबाट उत्पादित दुग्धजन्य पदार्थ धनगढी, अत्तरिया, डडेल्धुरा, दिपायल र टीकापुर बजारमा बिक्री हुँदै आएको छ ।

हाल दैनिक तीन हजार ५०० लिटर दूध संकलन गर्दै आएको आयोजनाले कञ्चनपुरको बेलौरी, कैलालीको लम्कीको गुलरा तथा टीकापुरको वसन्तामा आफ्नै संकलन केन्द्र सञ्चालन गरेको छ ।