काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतसँगको सीमा सम्बन्धी विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
भारत भ्रमणबाट फर्केर शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सीमा समस्या संवेदनशील विषय भएकाले यसलाई कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने बताए ।
उनी ५ दिने भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन् । उनले राष्ट्रियताको विषयलाई प्रचारप्रसार वा प्रदर्शनको माध्यम नबनाई जिम्मेवार ढंगले सम्बोधन गर्नुपर्ने बताए ।
उनले अधिकारकर्मी र सञ्चारकर्मीले उठाउने विषय र राजनीतिक दलले उठाउने संवेदनशीलता फरक हुने र चरणबद्ध हुने प्रतिक्रिया दिए । ‘कूटनीतिकको चरण हुन्छ, आवश्यकताअनुसार उठ्छ । त्यसअनुसार अघि बढेको छ,’ उनले भने ।




प्रतिक्रिया