काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँले घटेको हो ।
हिजो ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँले घटेर ४७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया