अर्थमन्त्रीले प्रश्न गर्ने सांसदलाई धम्की दिएर संसदीय मर्यादाको अपमान गरेः काँग्रेस

अर्थमन्त्रीले प्रश्न गर्ने सांसदलाई धम्की दिएर संसदीय मर्यादाको अपमान गरेः काँग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी कांग्रेसले आफूमाथि प्रश्न सोध्ने सांसदलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले धम्की दिएको भन्दै आपत्ति जनाएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्जुननरसिंह केसीले अर्थमन्त्रीले प्रश्न गर्नेमाथि धम्की दिनु संसदीय मर्यादाकै अपमान भएको बताए ।

संसद् धम्की दिने थलो नभई तर्क वितर्क गर्ने थलो भएको उनको भनाइ थियो ।

प्रश्न गर्ने सांसदलाई तपाईंको नामको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो’, केसीले भने ।

आर्थिक विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा बिहीबार अर्थमन्त्री वाग्लेले मनोमानी करका दर हेरफेर गरेको भन्दै आफूमाथि प्रश्न उठाउने सांसदहरुलाई लक्षित गर्दै विगतका सबै काण्डको फाइल खोल्ने चेतावनी दिएका थिए ।