काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्तामा भारतीय सीमा बल प्रवेश गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबारको संसद् बैठकको आकस्मिक समयमा उनले भारतीय सीमा बल सुस्ता पसेको भन्दै रक्षामन्त्रीको खोजी गरेका हुन् ।
उनले भारतीय सेनाले नेपालीलाई धम्क्याउँदा नेपालका रक्षामन्त्री कहाँ छन् भन्ने प्रश्न गरे। ‘प्रधानमन्त्रीज्यू त यहाँ आउनुहुन्न। अब रक्षामन्त्रीलाई बोलाइदिनुस्। सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्यो,’ उनले भने, ‘हामी दुईचार वटा प्रश्न सोध्न चाहन्छौँ रक्षामन्त्रीलाई।’
नेपालीमाथि हप्कीदप्की गर्दा पनि नेपाली सेनाको उपस्थिति नदेखिएको आरोप पनि उनले लगाए।
‘सीमा क्षेत्रमा नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्,’ साम्पाङले भने, ‘तर, सीमा क्षेत्रमा नेपाली सेना गएर बस्न नहुने कुन अप्ठ्यारोले हो ? ’
हाल रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र्र शाहले सम्हाल्दै आएका छन्।




प्रतिक्रिया