नेप्सेमा लगातार गिरावट, कारोबार रकम पनि खुम्चियो

नेप्सेमा लगातार गिरावट, कारोबार रकम पनि खुम्चियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको दोश्रो कारोबार दिन मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ ।

६.३१ अंकले घटेर नेप्से परिसूचक २७०५ अंकमा झरेको छ । नेप्सेमा लगातार गिरावट आएको मंगलबार चौथो दिन हो ।

नेप्से अघिल्लो दिन सोमबार १२.२६ तथा शुक्रबार ४ तथा बिहीबार ८ अंकले ओरालो लागेको थियो ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ४१ करोडको कारोबार भएकामा मंगलबार कारोबार ४ अर्ब ४ करोडमा झरेको छ ।

७३ धितोपत्र कम्पनीको मूल्य बढ्दा १ सय ९३ को घट्यो । ६ कम्पनी स्थिर रहे । व्यापार उपसमूहमा ०.३१ प्रतिशतको वृद्धि भयो ।

बैंकिङ ०.३२, विकास बैंक ०.४२, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.१६, हाइड्रोपावर ०.२८, लगानी ०.२०, उत्पादन तथा प्रशोधन ०.१४, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.४० तथा अन्य ०.०६ प्रतिशत घटे ।

दोश्रो बजारमा हालै कारोबारमा आएका दुई कम्पनी सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशतले बढेको छ ।

दोल्ती पावरको मूल्य ६.३४ तथा बुंगल हाइड्रोको ५.५१ बढ्यो । सयपत्री हाइड्रोपावरको ४.९०, युनिक नेपाल लघुवित्तको ४.०३ र कालिन्चोक हाइड्रोपावरको मूल्य ३.५४ प्रतिशत घट्यो ।

मंगलबार सर्वाधिक कारोबार हुनेमा आँखुखोला जलविद्युत् कम्पनी, सिद्धार्थ बैंक, रावा इनर्जी, रिलायन्स स्पिनिङ मिल्स र बुंगल हाइड्रो क्रमशः अगाडि रहे ।