काठमाण्डु- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले सोमबार नामिबियासँग खेल्दैछ । यो खेल नेदरल्यान्ड्समा नेपाली समयअनुसार दिउँसो पानै ३ बजे सुरु हुनेछ ।
नेपाल र नामिबियाबीचको यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन् ।
हालै सम्पन्न लिग–२ को खेलमा नामिबियाले नेपाललाई ८ विकेटले पराजित गरेको थियो । नेपालले यसअघि लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँग खेलेको खेलमा ६ विकेटले पराजय बेहोरेको थियो ।
नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्यान्ड्ससँग ५८ रनको हार व्यहोरेको थियो । त्यसैले दुवै टोली खेलबाट पुनरागमन गर्ने प्रयासमा रहनेछन् ।




प्रतिक्रिया