काठमाण्डु– सभामुख डोलप्रसाद अर्याल बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्री नउठेको विषयमा एमाले प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति गरेका छन् ।
मंगलबार दोश्रोपटक बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्याल आशन कक्षमा प्रवेश गर्दा मन्त्री नउठेको भन्दै महरले नियमापत्ति जनाए ।
उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को व्यवस्थातर्फ सभामुखको ध्यानाकर्षण गराए ।
उक्त नियमको (क) मा सभामुख बैठक कक्ष प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने उल्लेख छ ।
त्यसअघि सभामुखले विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनै लाग्दा नेकपा सांसद गोपाल शर्माले नियमावलीको व्यवस्थाअनुसार सम्बन्धित मन्त्रीको अनुपस्थितिमा छलफल अघि बढ्न नसक्ने भन्दै ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले बैठक स्थगित गरेका थिए ।
मन्त्रीहरु उपस्थित भएपछि दोश्रो बैठक बसेको हो ।




प्रतिक्रिया