दक्षिण भारतीय सिनेमाका चर्चित अभिनेता प्रकाश राजविरुद्ध तिरुपति अदालतमा आपराधिक उजुरी दर्ता भएको छ।
हिन्दु देवता र रामायण बारेमा उनले दिएको टिप्पणीसँग उक्त उजुरू सम्बन्धित रहेको जनाइएको छ ।
उजुरीकर्ताले अभिनेता प्रकाशराजले सार्वजनिक मञ्चहरूमा धार्मिक भावनामा चोट पुर्याउने बयान दिएको आरोप लगाएका छन् । उजुरी भाजपा नेता तथा तिरुमला तिरुपति देवस्थानम (टीटीडी) ट्रस्ट बोर्डका सदस्य जी. भानुप्रकाश रेड्डीले दायर गरेका हुन् ।
उनीहरूले सोमबार तिरुपतिस्थित अतिरिक्त न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी अदालतमा मुद्दा दायर गरेका हुन्। उनीहरूले प्रकाशराजले केरला साहित्य महोत्सवसहित धेरै सार्वजनिक कार्यक्रमहरूमा भड्काउने बयान दिएको आरोप लगाएका छन्।
उजुरीपत्रमा अभिनेताले कथित रूपमा भगवान राम र लक्ष्मणको बारेमा विवादास्पद टिप्पणी गरेको उल्लेख गरिएको छ।
उनले भगवान राम र लक्ष्मण उत्तर भारतबाट दक्षिण भारतमा आक्रमण गर्न आएको र यसलाई लंकासँगको सम्बन्धको रूपमा प्रस्तुत गरेको आरोप छ ।




प्रतिक्रिया