नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु

नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ-इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गरेका नौ जना स्थानीयले जग्गा खाली गर्न सुरु गरेका छन् ।

प्रहरी कार्यालय तुलसीपुर र सोही स्थानमा बसोबास गर्दै आएकाबीच यसअघिको छलफलपछि आफैँले जग्गा खाली गर्न थालेका हुन् । कार्यालयले १२ जेठमा १५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न भनेको थियो ।

स्रेस्ता दर्ता कायम भएको कित्ता नं २६८३ को १८६२.४६ वर्गमिटर जग्गामध्ये उत्तरतर्फको दुई कट्ठा जग्गा र सो जग्गामा निर्माण भएका नौ वटा घर खाली गरिएको छ । स्थानीयका सरसामान इलाका प्रहरी कार्यालयले तोकिएकै स्थानमा सुरक्षित साथ पुर्‍याउन थालेको छ ।

दुई सुकुम्वासीको बासस्थानको जिम्मा तुल्सीपुर नगरपालिकाले लिएपछि संरचना भत्काउन सुरु गरिएको छ । सो जानकारी इलाका प्रहरी कार्यालय, तुलसीपुरका नायब उपरीक्षक होमबहादुर पराजुलीले दिएको हो ।