चितवन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले बालेन्द्र शाह बालेनले ‘राजा ल्याउँछ’ भनेर जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई झण्डै दुई तिहाई जनमत दिएको दाबी गरेका छन् ।
आइतबार रास्वपा प्रथम महाधिवेशन उदघाटन सत्रलाई भरतपुरमा सम्बोधन गर्दै उनले जनताको उक्त अभिमतको सम्मान गर्न रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनलाई आग्रह गरे ।
‘जनताले दल, राजनीतिक दर्शन र संगठनको सीमाभन्दा एक कदम अघि बढेर निर्णय गर्ने अवस्थामा पुगेको छ ।
अघि सिके राउतजी तपाईंहरुले पाएको भेटमा मेरो जनमत पार्टीको पनि भोट थियो भन्दै हुनुहुन्थ्यो’, उनले भने, ‘यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरुको पनि भोट छ । नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई नभई बालेनले राजा ल्याउँछ भनेर तपाईंलाई भोट दिएका छन् ।’
विगतमा अरु दलले राजतन्त्रलाई निषेध गरेर अघि बढ्दा जनतामा निराशा बढेको जिकिर गर्दै लिङदेनले अरुले पनि ठीक लगाए, हामीले पनि ठीक लगाउनुपर्छ भन्ने सोचका साथ रास्वपा अघि बढे मुलुकले अर्को दुर्भाग्य व्यहोर्नुपर्ने जिकिर गरे ।
‘यस अर्थमा तपाईंको विशिष्ट जिम्मेवारी छ । तपाईंहरुले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्ने छ । समस्या हिजोका नेताहरुमा थियो, त्यसकारण उनीहरुलाई जनताले बढारे । समस्या नेतामा मात्र होइन,उनीहरुले ल्याएएको व्यवस्था र संविधानमा पनि छ । देशमा राष्ट्रिय समझदलारी नगरीकन देशले निकास पाउँदैन । यो अवसरको सदुपयोग होस’, उनले भने, ‘हिजो अरुले पनि निषेध गरे । हिजो अरुले ठकी लगाए, हामीले पनि ठीक लगाउनुपर्न भन्ने बाटोमा जानुभयो भने जनताले फेरि निराशा भोग्नुपर्छ’, उनले भने ।




प्रतिक्रिया