विश्वकप फुटबल : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

विश्वकप फुटबल : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फिफा विश्वकपअन्तर्गत इक्वेडरलाई पराजित गर्दै सह-आयोजक मेक्सिको अन्तिम १६ मा पुगेको छ।

मेक्सिको सिटी स्टेडियममा भएको राउन्ड अफ ३२ को खेलमा इक्वेडरलाई २–० गोलले हराउँदै मेक्सिको १६ मा पुगेको हो।

विश्वकपको सहआयोजक मेक्सिकोले इक्वेडरलाई हराउँदै ४० वर्षपछि नकआउट चरण पार गरेको छ । यसअघि मेक्सिकोले सन् १९८६ यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन । इक्वेडर पराजित हुँदै बाहिरिएको छ ।

घरेलु टोलीलाई जित दिलाउन युलियन क्वीन्योनेस र राउल जिमिनेजले गोल गरे। पहिलो हाफको २१औं मिनेटमा जुलियन क्विनोनेसले र ३१औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्।

मेक्सिकोले आफ्नो विगत १५ विश्वकप खेलहरूको पहिलो हाफमा गोल गर्न दिएको छैन, जुन इतिहासको दोस्रो सबैभन्दा लामो स्ट्रिक हो। १६ वर्ष अगाडी टोलीले अर्जेन्टिनाविरुद्ध पहिलो हाफमा गोल खाएको थियो।

हारसँगै इक्वेडरको विश्वकप यात्रा सकिएको छ। अब मेक्सिकोले अन्तिम १६ मा इंग्ल्यान्ड र डीआर कंगोबीचको विजेतासँग खेल्नेछ।