रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय चमतीमा बुधबार आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले शपथ गराएका हुन् । शपथ समारोहमा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह भने सहभागी भएनन् ।

चितवनमा भएको प्रथम महाधिवेशनले ९९ केन्द्रीय सदस्य चयन गरेको थियो । सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य निर्वाचिन भएका थिए ।

त्यस्तै, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका थिए । १९ मध्ये वरिष्ठ नेतासहित ११ पदाधिकारी मनोनीत हुनेछन् । ५१ केन्द्रीय समिति मनोनीत हुने विधानको व्यवस्था छ ।

शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टीअंकित चिनो वितरण गरे । रास्वपाको महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनमा चलेको थियो ।

सपथ पछि बुधबार नै त्यस्तै पहिलो केन्द्रीय समिति बैठक बस्दैछ । बैठकले मनोनित हुने ५१ जनाको विषयमा छलफल गर्नेछ ।

Skip This