तस्बिरमा रास्वपाको नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ

तस्बिरमा रास्वपाको नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय चमतीमा बुधबार आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले शपथ गराएका हुन् । शपथ समारोहमा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह भने सहभागी भएनन् ।

चितवनमा भएको प्रथम महाधिवेशनले ९९ केन्द्रीय सदस्य चयन गरेको थियो । सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य निर्वाचिन भएका थिए ।

शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टीअंकित चिनो वितरण गरे । रास्वपाको महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनमा भएको थियो ।

Skip This