काठमाण्डु – दैलेखस्थित कर्णाली नदीमा यात्रुवाहक हाइस माइक्रोबस खसेको छ ।
सुर्खेतबाट कालीकोटको लागि छुटेको हाइस दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडाबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुगेको र नदीमा खसेको हाइसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त हाइ सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको हो । बुलबुले यातायातको गाडीमा १४ जना यात्रु सवार थिए । तर, के कारणले दुर्घटनामा पर्यो भन्ने खुलिसकेको छैन । उक्त गाडीमा कति यात्रु सवार थिए भन्ने पनि खुलेको छैन । अहिले घटनास्थलमा पुगेका सुरक्षाकर्मीसहितले बेपत्ता हाइस र यात्रुको खोजी गरिरहेका छन् ।
दुर्घटनास्थलमा तल्लो ढुंगेस्वर, पाल्तडा र राकम कर्णालीबाट पनि प्रहरी परिचालन गरिएको छ । दुर्घटनास्थल सुर्खेतको बिरेन्द्रनगरबाट करिब ७५ किलोमिटर टाढा पर्छ ।




प्रतिक्रिया