काठमाण्डु– राष्ट्रियसभाका सदस्यहरुले सार्वजनिक यातायातको भाडा समायोजन, विपद् पूर्वतयारी, सडक सुरक्षा र कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले पेट्रोलिमय पदार्थको मूल्य घटेको अवस्थामा तत्काल सार्वजनिक सवारीसाधन र हवाई यातायातको भाडा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।
कांग्रेसकै पदमबहादुर परियारले पछिल्लो एक दशकमा सडक दुर्घटनामा २४ हजारभन्दा बढी नागरिकले अकालमै ज्यान गुमाएका उल्लेख गर्दै सडक सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सुझाव दिए ।
सोही पार्टीकी विष्णुकुमारी सापकोटाले रुसी सेनामा भर्ना भई युक्रेन युद्धमा १८७ नेपाली नागरिकको मृत्यु तथा ९६ जना बेपत्ता भएको भन्ने खबरप्रति गम्भीर बन्न र कूटनीतिक पहलमार्फत सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराए ।




प्रतिक्रिया