पूर्वमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

पूर्वमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वमन्त्री विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप गरिएको छ ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले थप ६ दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो ।

यस्तै पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ ।

पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै गत असार १० गते अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन् ।