नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण दोषी ठहर, ७ जनालाई सफाइ

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण दोषी ठहर, ७ जनालाई सफाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण समेतलाई दोषी ठहर गरेको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार मुद्दाको फैसला सुनाउँदै कसूर ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको छ ।

शरणार्थी प्रकरण मुद्दा ३ वर्षअघि दायर भएकोमा मंगलबार फैसला गर्दै अदालतले ७ जनालाई सफाइ हुने ठहर गरेको छ ।

अदालतले बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल   , सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, शम्सेर मियाँ, आङटावा शेर्पा, डा. इन्द्रजीत राई, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल दोषी ठहर भएका छन् ।

अदालतले एमाले नेता रामबहादुर थापाका छोरा प्रतिक थापा र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत ७ जनालाई सफाइ दिएको छ ।