प्रधानमन्त्री शाहले आज निजी क्षेत्रसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले आज निजी क्षेत्रसँग छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकार गठन भएको १०० दिनपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी क्षेत्रसँग छलफल गर्न लागेका छन् ।

प्रधानमन्त्री सचिवालयकाका अनुसार बुधबार प्रधानमन्त्री शाहले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूसँग छलफल गर्न लागेका हुन् ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समिति सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई)का तत्कालीन अध्यक्ष राजेशकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी हुनेछन् ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बिहान ११ बजे हुनेछ। बैठकमा अर्थतन्त्रको वर्तमान अवस्था तथा निजी क्षेत्रको भूमिकाबारे छलफल हुनेछ ।