मेची राजमार्गसहित ७ वटा सडकखण्ड पूर्णरूपमा बन्द, १० जिल्लामा बाढीको जोखिम

मेची राजमार्गसहित ७ वटा सडकखण्ड पूर्णरूपमा बन्द, १० जिल्लामा बाढीको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज (बुधबार) देशका कम्तीमा १० जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

यस्तै आज अविरल वर्षा र पहिरोका कारण विभिन्न ७ राजमार्गहरू अवरुद्ध भएका छन् । विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका हुन् ।

कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै बिपी राजमार्गको खुर्कोट-नेपालथोक खण्ड, मकवानपुरको इन्द्रसरोवर क्षेत्रमा सडक मर्मतको काम भइरहेकाले कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड पूर्ण अवरुद्ध बनेको छ ।

यस्तै ललितपुरको पाङदुरमा पहिरो खसेका कारण कान्ति लोकपथ, गण्डकी प्रदेशको म्याग्दी जिल्लामा दुई स्थान, बैसेरी र घुमाउने भिरमा पहिरो जाँदा बेनी-जोमसोम सडक खण्ड, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी करिडोरमा पनि बाढीका कारण ठप्प भएको छ ।