काठमाण्डु– प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
सांसद राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भन्दै प्रश्न गरेका थिए । राईको अभिव्यक्तिप्रति सभामुख डीपी अर्यालले आपत्ति जनाएका थिए ।
उनले राईलाई भने, ‘आफ्नो भनाइ मर्यादामा बसेर बोल्नुहोला । माननीय सदस्यलाई यो भन्दा अगाडि बढ्नलाई म निर्देशन दिन्नँ, बस्नुस् । माननीय सदस्यले सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभाको अपहेलना गर्दै हुनुहुन्छ । त्यसकारणले बस्नुस् ।’
सभामुखले बोल्न नदिएपछि एमालेका सांसद उठेर विरोध जनाएका थिए । त्यसपश्चात सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।




प्रतिक्रिया