काँग्रेस सांसद् थापा भन्छिन्ः प्रेम आचार्यले आत्महदाह गर्दा मेयर बालेनले लेखेको स्टाटस बिर्सनुभयो प्रधानमन्त्रीज्यू ?

काँग्रेस सांसद् थापा भन्छिन्ः प्रेम आचार्यले आत्महदाह गर्दा मेयर बालेनले लेखेको स्टाटस बिर्सनुभयो प्रधानमन्त्रीज्यू ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली काँग्रेसले राहदानी विभाग अगाडि शरीरमा पेट्रोल खन्याएर आत्महदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको विषयमा सरकारसँग जवाफ माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै काँग्रेस सांसद् बासना थापाले घटटाप्रति प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मौनताबारे प्रश्न गरिन् ।

उनले १० माघ २०७९ मा नयाँबानेश्वर चोकमा इलामका कृषक प्रेम आचार्यले शरीरमा आगो लगाएर आत्मदाह गरेको घटनामा काठमाण्डु महानगरपालिकाको मेयर हुँदा आफूले दिएको अभिव्यक्ति प्रधानमन्त्रीलाई स्मरण गराइन् ।

‘०७९ माघ १० गते प्रेम आचार्यले बानेश्वरको संसद् भवन अगाडि आत्महदाह गर्दा तत्कालीन माठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले लेख्नुभएको स्टाटस आज पनि सम्झिनुभएको छ कि बिर्सिनुभयो प्रधानमन्त्रीज्यू ?’, थापाले भनिन्, ‘हिजोको घटनामा तपाईंको मौनता किन ? विपक्षमा हुँदा राज्यको असफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आज सरकारमा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट किन टाढा हुनुहुन्छ ?’


थापाले राज्य आतंकका कारण एक युवकले आफ्नै शरीरमा आगो कसल्काउँदा समेत राज्य मुकदर्शक बनेको टिप्पणी गरिन् ।

नेपालीको शरीरमा आगो दन्किइरहेका बेला सरकारले उद्धार गर्नुको साटो प्रहरी लगाएर लछारपछार गरेको भन्दै थापाले आपत्ति जनाइन् ।

‘शरीर आगोमा दन्किइरहेको छ, राज्यले दमकल पठाएन, बरु प्रहरी प्रशासन लगाएर अपराधी झैं घिसारेर लग्यो । म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो सरकार ?’, थापाले प्रश्न गरिन् । उनले आत्महदाह गरेका गणेश नेपालीको के अपराध थियो भन्ने प्रश्न गरिन् । देशमै बसेर केही गर्ने प्रण गरेका युवाले आत्मदाहको बाटो रोज्नुपर्ने परिस्थितिको जिम्मा सरकारले लिनुपर्ने उनको भनाइ थियो ।

‘सरकार के उ देशद्रोही ? उसले कसको विरुद्ध के अपराध गरेको थियो ? उसको गल्ती यही हो कि यो देशमा जन्मियो र यही बसेर आफ्नो देशमा केही गर्ने प्रण गर्यो । देशमा काम गरिररहेका तमाम युवाहरुको अवस्था यही छ । अरुले आफैंले आफूलाई जलाउन हिम्मत गरिरहेका छैनन् । बाहादुर युवाले विद्रोह गर्यो’, थापाले भनिन् ।


सरकार जनताको जीवन बचाउने भन्दा पनि पसामाजिक सञ्जालको डिजिटल मोहमा मानवीय संवेदनशीलतालाई कुल्चिएर लाएइक बढाउने धुनमा व्यस्त रहेको आरोप थाापले लगाइन् ।

थापाले यसअघि सुकुम्बासी बस्तीमा डोजर चलाउँदा दुई जनाले आत्महया गरेको छ र बिहीबार मात्र एक सुमुम्बासी महिलाले धोबी खोलामा हामफालेर आत्महत्या गरेको बताइन् ।

‘सुकुम्बासी उठिबास लगाउँदा १७ वर्षीय रबिन तामाङ र ६१ वर्षीय इद्रबहादुर राईले आत्महत्या गरेका थिए । हिजो पनि धोबीखोलामा एक जना सुकुम्बासी महिलाले हामफालेर आत्महत्या गर्नुभएको छ’, थापाले भनिन्, ‘तपाईकै भाषामा सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू के राज्य यति निरीह र असफल भइसकेको हो ? के आफ्ना पीडा सुनाउन नागरिकहरुले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आउँछ ? यदि होइन भने यस्ता हृदयविदारक घटनाहरु किन फटकपटक दोहोरिरहेका छन्’, थापाले भनिन्, ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु अब कालो चश्मा खोल्ने बेला आएको छ । साझाको हरियो बसलाई निलो पोतेर नागरिकले सुरक्षा महसुस गर्दैनन् । सुरक्षा त जब महसुस गरिन्छ तब राज्यले रोजगारी दिन्छ, सुरक्षा दिन्छ, सुशासन कायम गरिन्छ र नागरिकमा भविष्यप्रतिको भरोसा जगाउँछ ।’


उनले सवारी चालकमाथि लगाएको चर्को हर्जना ठीक छ कि छैन भन्ने थाहा पाउन एकपटक मृतक गणेश नेपालीको अनुहारमा हेर्न सरकारलाई आग्रह गरिन् ।