काठमाण्डु – एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छिन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद सुब्बाले भनिन्, ‘१० हजार रुपैयाँ ट्राफिक जरिवाना र राज्यको चरम दबाबका कारण एक युवाले मृत्यु रोज्नुपर्ने अवस्था आएको छ ।’
यो घटनाले राज्यको असफलता दर्शता देखाएको भन्दै उनले यसको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरिन् । ‘गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन’ लिम्बुले भनिन् । उनले यस घटनाको छानबिन गर्न पनि माग गरिन्।




प्रतिक्रिया