काठमाण्डु – आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएपछि काठमाण्डुको माइतीघरमा युवाहरूले प्रदर्शन गरेका छन्।
‘राज्य आतंक बन्द गर’, ‘हत्यारा सरकार मुर्दावाद’ भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
माइतीघरबाट प्रदर्शनसहित वीर अस्पताल जान लागेका युवाहरूलाई प्रहरीले रोकेको छ । वीर अस्पताल, भद्रकाली र माइतीघर क्षेत्रमा सर्वसाधारणहरू सरकारको विरोधमा उत्रिन थालेपछि उल्लेख्य रूपमा प्रहरी परिचालन गरिएको छ । नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।









प्रतिक्रिया