काठमाण्डु– गृहमन्त्री गृहमन्त्री सुधन गुरुङले आफू ‘स्टन्टबाजी’ गर्न नभई जनताको सेवा गर्न आएको दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारबारे प्रश्न उठाउने विपक्षी दलका सांसदप्रति आक्रोश पोखे । संसदमा चिच्याएर मात्र केही नहुने उनको भनाइ थियो ।
‘घाँटी चिच्याएर मात्र हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो’, उनले भने, ‘हामीले हातले गर्नुपर्छ । आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ । त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि । म आफ्नो देशको सेवा गर्न आएको हो ।’
उनले आफूले गणेश नेपालीको उपचारमा कसरी काम गर्ने भनेर टिम बनाएर छलफल गरेको दाबी गरे । उनले अस्पतालमा नगएकाहरुले संसदमा कुरा उठाएको उल्लेख गरे ।
‘म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो हस्पिटलमा कति जना हुनुहुन्थ्यो ?’, उनले भने, ‘जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ ।’




प्रतिक्रिया